वनभोजका क्रममा छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

वनभोजका क्रममा छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

debendra-kunwar

अछामको साँफेबगर नगरपालिकामा वनभोजका क्रममा छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।

शनिबार जिल्लाको पर्यटकीय क्षेत्र नैनीमा वनभोज गएका बेला साँफेबगर नगरपालिकाको वडा नम्बर १३ बाब्लामा मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

यौन दुर्व्यवहारको आरोप लागेपछि शिक्षक कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

छात्राका अभिभावकसँग र गाउँका अन्य व्यक्तिसँग पनि घटनाको बारेमा सोधपुछको भइरहेको प्रहरीले बताएको छ।

विद्यार्थीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ