झाँक्रीको व्यंग्य : ओलीले ‘किरा फट्याङ्ग्रा’ चिन्हबाट चुनाव लड्छन्

झाँक्रीको व्यंग्य : ओलीले ‘किरा फट्याङ्ग्रा’ चिन्हबाट चुनाव लड्छन्

ramkumari jhakri

नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्ने टिप्पणी गरेकी छिन् ।

बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

केपी ओलीले जुनसुकै चिन्हबाट चुनाव लड्ने भन्दै उनको चिन्ता नगरी वैधानिकता विवाद चाँडो टुंग्याउन झाँक्रीले निर्वाचन आयोगसँग आग्रह गरिन् । बहुमत केन्द्रीय सदस्यहरु आफूहरुसँगै रहेकाले पार्टीको आधिकारीकता आफूहरुले नै पाउनुपर्ने उनको तर्क छ ।

आत्मघाती गोल गरेर प्रधानमन्त्री ओली पराजित भइसकेको भन्दै उनले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको समेत बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ