पोखरा, ६ चैत्र । पोखराको लेकसाइड क्षेत्र राती १ बजेसम्म खुल्ने भएको छ । यसअघि १०१ बजे नै बन्द हुने लेकसाइड पर्यटकलाई लक्षित गरि राती अबेर सम्म खोल्न लागिएको हो।
लेकसाइडमा नो भेइकल जोन (सवारी निषेधित क्षेत्र) शुरु भए लगत्तै बैदाम प्रहरी सेवा केन्द्र, पर्यटन व्यवसायी, जनप्रतिनिधि र प्रहरीको संयुक्त प्रयासमा आउँदो शुक्रबार देखि लेकसाइड १ बजे सम्म खुल्ने भएको हो । सोही कार्यक्रमलाई मध्यनजर गर्दै राती अबेरसम्म लेकसाइड क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु खुल्ला रहनेछन्।
यो अभियानले व्यवसायीसंगै पोखरा भित्रिने पर्यटकहरुलाई समेत सहज हुने पोखरा वडा नं. ६ का अध्यक्ष तथा कार्यक्रम संयोजक जगत पहारीले बताए।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ