पर्यटन व्यवसायीले साहसिक पदयात्रा पर्यटनको क्षेत्रका समस्यालाई सम्बोधन गरेर निकास दिन सरकार समक्ष आग्रह गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चललका अध्यक्ष सुशीलराज पौडेलले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारणे पदयात्रा पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशायी भएको उल्लेख गर्नुभयो । विज्ञप्तिमा भनिएको छ “कोभिड– १९ ले व्यवसायीलाई परेको समस्यामा बारम्बर सरकारसँग लिखित र मौखिकरूपमा अनुरोध गर्दै आयौंँ । थला परेको पदयात्रा व्यवसायिलाई पुनर्जीवन प्रदान गरियोस् । ”
त्यसैगरी सरकारद्वारा जारी गरिएको तर समयसापेक्ष परिमार्जन नगरिएको प्रवेशज्ञा र स्वास्थ्य मापदण्डले पर्यटकलाई समस्या उत्पन्न भइरहेको तर्फ ध्यानाकर्षण गरिएको छ । समग्र पर्यटन क्षेत्रलाई पुनर्जीवन दिनका लागि पदयात्रा पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायी एवं संस्थाको तर्फबाट सुझावसमेत प्रस्तुत गरिएको छ ।
सुझावमा ७२ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउने विदेशी पर्यटकका हकमा पाँच दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउनुपर्ने, अनलाइन र अन अराइभल प्रवेशाज्ञा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट प्रवेशाज्ञाको सहजीकरण व्यवस्था पूर्ववत् रुपले झैं गराउन भनिएको छ ।
त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल रिपोर्ट दिन सकिने कोभिड जाँच मेसिन राख्नुपर्ने वा तोकिएको स्वास्थ्य निकायबाट नमूना सङ्कलन गर्नुपर्ने र अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने सुझावमा समेटिएको छ ।
कोरोना विरुद्धको खोप प्राथमिकताका साथ अग्रपङ्तिमा रही काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाका यथाशीघ्र खोल्न पहल गर्न पनि उल्लेख गरिएको छ ।
नेपाल घुम्न आउने पर्यटकले साहसिक पदयात्रामा जाँदा पर्यटक सुरक्षाका कारण कम्पनीबाट अनिवार्य गाइड, तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न गराउन पाउनुपर्ने व्यवस्था लागू गर्न भनिएको छ ।
छिमेकी देशको नाकाबाट भित्रिने पर्यटकलाई सहज बनाए अनुगमन गर्न र हाल कायम रहेको पर्यटकले गर्नुपर्ने कम्तीमा पाँच हजार अमेरिकन डलर बराबर तोकिएको अनिवार्य कोरोना बीमा व्यवस्था हटाउन र खोप लगाएका पर्यटकलाई सहज र निर्वाध रूपमा घुम्न दिन आग्रह गरिएको छ ।
विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले जारी गरेको व्यवसायी जीवन रक्षा कोषको उद्देश्यलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नका लागि अति प्रभावित पदयात्रा व्यवसायलाई प्राथमकतामा राख्नसमेत जोड दिइएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते