नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समृद्ध नेपाली, सुखी नेपालको नारालाई पुरा गर्ने अभियानमा देश पुनः एकपटक जुर्मराएको बताएका छन् ।
विराटनगरमा शनिवार आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै सिंगो संसार कोरोनाबाट आक्रान्त भएको बेला नेपालमा संसद विघटन भएको भन्दै उनले देशलाई अस्थिरतातिर धकेल्ने प्रयास भइरहेको बताए ।
प्रचण्ड–माधव समूहले केही मन्त्रीहरु आफूतिर फर्किन लागेको गोयवल्स शैलीमा प्रचार गरेको टिप्पणी गर्दै मन्त्री थापाले प्रचण्ड–माधव समूह भयभित भएको टिप्पणी गरे । सरकारले लिएको कदम प्रतिगामी हो भनि भ्रम सृजना गरिरहेको आरोप लगाउँदै उनले सरकारलाई अपदस्थ गरी नेतृत्वमा जाने षड्यन्त्रपूर्ण काम प्रतिगामी कदम रहेको आरोप लगाए । गोयवल्सका शैलीमा असत्यलाई पटक पटक दोहोर्याइ रहेको आरोप लगाउँदै उनले गोयवल्स नीति तथा षड्यन्त्र सफल नहुने बताए ।
अवसरवादीहरुले षड्यन्त्र र भ्रमका खेती गरिरहेको बताउँदै उनले हिटलरले जस्तो पालेको आँकाक्षा कहिल्यै पुरा नहुने टिप्पणी गरे ।
अर्को प्रसंगमा उनले बलात्कारीलाई पानी मुनी गएपनि नछाड्ने बताए । उनले भागरथी भट्टको बलात्कारीलाई समात्न सफल भएको उल्लेख गर्दै निर्मला पन्ताका बलात्कारलाई पनि कानुनको कठघारामा ल्याइछाड्ने बताए ।
सम्बन्धित खबर
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग