जिल्लामा गएको माघ महिनाको १४ गते प्रहरीले पक्राउ गरेको अवैध भनिएको सुनका विषयमा अहिलेसम्म सार्वजनिक गरेको छैन् । कुल एक किलो १०० ग्राम पक्राउ गरेको कम्तिमा पनि एक महिना बित्नै लाग्दासमेत सार्वजनिक नगरेको भन्दै यहाँका स्थानीयवासी प्रहरीको नियतमाथि शङ्का गर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यलय डोटीको प्रहरी टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित रु १७ लाख ४७ हजार नगद बरामदसँगै दुई जनालाई पक्राउसमेत गरेको थियो । पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिले सम्मपनि कुनै सार्वजनिक नगरेको भन्दै स्थानीयवासी प्रहरीप्रति सशङ्कित हुनथालेको सिलगढीका स्थानीय भरत नेपालीले बताए।
उता प्रहरीले सुन र रकमसँगै पक्राउ गरेका व्यक्तिलाई हाजिर जमानीमा छोडेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षक धर्मानन्द जोशी नेतृत्वको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट केआइसिंह गाउँपालिका–६ भिताणीकी ६० वर्षिया काली भुललाई पक्राउ गरेको थियो । प्रहरीले काली र उहाँका भतिजालाई एक दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छोडिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए। उनले भने, “प्रहरीले सुन र सम्लग्न अन्य व्यक्ति खोजीरहेको छ ।”
जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वार्टरमार्फत आफूलाई सूचना आएपछि सुन र नगद बरामद गरिएको दाबी गरे। उनले भने, “हेडक्वाटर्रमार्फत पक्राउका लागि खबर आएपछि हामीले पक्राउ गरेका हौँ, अन्य केही खवर आएको छैन, केन्द्रमा अनुसन्धान भइरहेको होला ।”
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते