बलात्कृत उपचाररत बालिकालाई सहयोग प्रदान

बलात्कृत उपचाररत बालिकालाई सहयोग प्रदान

rape

महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्षमा उपचारारत बलात्कृत बालिकाको उपचारका लागि सहयोग रकम प्रदान गरिएको छ ।  गत माघ १ गते रुपन्देहीको तिलोत्तमा–१५ की ५ वर्षीया बालिका बलात्कृत भएकी बालिकाको समाचार ुरातोपाटी अनलाइन डट कमुमा प्रकाशित भएपछि नर्वेमा बस्दै आएकी सरला कट्टेलको पहलमा नेपाली ३६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

पारिवारिक अवस्था कमजोर भएकाले उनको उपचारका लागि सहयोग गर्न अनुरोध गरिएको थियो ।  करिब एक महिनाभन्दा बढी उपचारपछि बालिकाको अवस्था सामान्य बन्दै गएको पीडित बालिकाका पिताले बताए ।  प्रहरीले उनीमाथि बलात्कार गरेको आरोपमा २८ बर्षिय होमबहादुर बिकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds