१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ स्वदेश तथा विदेशस्थित विभिन्न नियोगहरुमा आज ७१औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।
जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनु भएको थियो ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो
सम्बन्धित खबर
रविलाई पक्रन प्रहरी रास्वपा कार्यालयमा, स्थलमार्गबाट कास्की ल्याउने तयारी
पक्राउ पुर्जी जारीपछि रविले स्टाटसमा भने – अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
प्रतिपक्षी दलको बैठक: रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने
रविलाई पक्राउ गर्न लागिएको चर्चाले रास्वपाभित्र तरङ्ग, प्रतिपक्षी दलको बैठक बस्यो
आज र भोलि देशैभर भिटामिन र जुकाको औषधि खुवाइँदै
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना