१३ वर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

१३ वर्षीया बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

balatkriit

प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट १ जनालाई पक्राउ गरेको छ ।

स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई बिहीवार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठाकुरमाथि बुधवार विद्यालय पछाडिको जंगलमा लगेर बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका–२ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, तारकेश्वर नगरपालिका–७ स्थित भूपू सैनिकटोल घर भएका नानीकाजी बोहराको घरबाट बुधवार राति १ लाख ५० हजार नगदसहित सुनका गहना गरी करीब ५ लाख ५३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ