कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

mausam-photo

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश २ र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

आज दिनभर देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा को सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ