झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताए । आव २०७५/७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ ।
दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुहुनो भएमा) रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताए । सो कार्यक्रमअन्तर्गत गएको वर्षमा एक हजार दुनो गाईको लागि रु २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताए ।
एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले रु दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा रु एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैँंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरेको पशु शाखाले जनाएको छ ।
गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने विभिन्न दैवीप्रकोप र महामारी रोगहरुबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आवमा दुई हजार पशुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । गाउँपालिकाभित्रका एउटा पशुलाई प्रिमियमबापत रु एक हजार १०० दरले दुई हजार पशुको बीमा कार्यक्रमअन्तर्गत गत आवमा रु छ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको पशुको बीमा रकम तिरिदिएको गाउँपालिकाको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
जागर हुने पशुपालक कृषकलाई स्थानीय सरकारको अनुभूति भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी सीताराम गौतमले बताउनुभयो । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताए । उनले भने “गाउँपालिकाले दिएको दुहुनो गाई प्रोत्साहन भत्ताले दुहुनो गाईको लागि दाना र नून दिन पुगेको छ ।” गाउँपालिकाभित्र सङकलन भएको दुग्ध छुर्पी साथै दुग्धजन्य पदार्थ इलाम पु¥याएर बिक्री वितरण गर्दै आएको सिंहदेवी दुग्ध डेरी सञ्चालकसमेत रहेको गौतमले बताए ।
नेपाल सरकारले कृषकको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ भन्ने सुन्न मात्रै पाएका कृषक सरु राई अहिले निकै खुशी हुनुभएको छ । राईले भने, “मेरो गाई सुत्केरी हुन नसकेर मरेको थियो । गाउँपालिकाले बीमाबापत रु ३४ हजार दियोे ।” विगतका दिनमा पशु मरे भने ठूलो आर्थिक क्षति हुन्थ्यो तर अहिले प्रत्येक घरमा पशु बीमा गरिदिएपछि आर्थिक क्षति हुनबाट जोगिएको राईले बताए ।
विकास निर्माण क्षेत्रमा मात्र ठूलो लगानी गर्दा जनजीवनमा आर्थिक विकास हुन नसक्ने भएकाले प्रत्येक घरपरिवारमा उद्यमी बनेर आयआर्जन गर्नको लागि किसान प्रोत्साहन कार्यक्रम ल्याएको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवन ताम्लिङले बताए । उनले भने, “गाउँपालिकाका कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणको लागि गाउँपालिकाले सहजीकरण गर्ने योजनामा छौँ ।” प्रत्येक परिवारले गाईभैँसी दुहुनो पाल्न थाले पौष्टिक तत्व प्राप्त हुने र परिवार नै स्वस्थ हुने भएकाले पनि पशुपालकलाई पालिकाले प्रोत्साहन गरेको उपाध्यक्ष ताम्लिङले बताए । गाईपालनबाट प्राङ्गारिक मल उत्पादन हुने भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।
दुग्धजन्य वस्तुबाट मात्र गाउँपालिकामा दैनिक रु ५० हजार भित्रिने गरेको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । विगतमा सीमित घरपारिवारले मात्र दुहुनो गाई पाल्दै आएको थियो । स्थानीय सरकार आएसँगै कृषि क्षेत्रमा विभिन्न अनुदान र प्रोत्साहनका साथै बीमा कार्यक्रमले पशुपालक उत्साहित हुँदै गएको सिदिङ्वा गाउँपालिकाका कृषि शाखा प्रमुख विकास थेवेले बताए । गाउँपालिकामा उत्पादन भएको दूध ताप्लेजुङ, पाँचथर र इलामसम्म पु¥याउने गरेको डेरी सञ्चालक राजेन्द्र कडरियाले बताए।
गाउँपालिकाभित्र प्रायः सबै घरपरिवारमा दुहुनो गाईपालन थाल्नेको सङ्ख्या बढ्दै गएको पशु शाखाको तथ्याङ्कमा छ । गत माघ मसान्तसम्ममा सिदिङ्वा गाउँपालिकामा ९६७ वटा दुहुनो गाईबाट चार दशमलव पाँच मेट्रिक टन, ७५८ वटा भैँसीबाट दुई मेट्रिक टन र १५० चौँरीबाट एक मेट्रिक टन दुग्ध पदार्थप्रति महिना उत्पादन हुँदै आएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते