सपना रोका मगरको अश्लिल तस्विर आफुसँग रहेको भन्दै धम्की दिने बस्नेत पक्राउ

सपना रोका मगरको अश्लिल तस्विर आफुसँग रहेको भन्दै धम्की दिने बस्नेत पक्राउ

sapana-binaya

काठमाडौँ- वेवारिसे लास व्यवस्थापनमा सक्रियता देखाएको भन्दै अन्तर्राष्ट्रियस्तरमा परिचित नेपाली युवती सपना रोक्का मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजङ बस्नेत पक्राउ परेका छन्। सपनाले आइतबार काठमाडौँ प्रहरी परिसरमा जाहे‍री दिएकी थिइन्।

काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले बस्नेतलाई गंगबुबाट पक्राउ गरिएको जानकारी दिए। बस्नेतले आफुसँग सपनाको अश्लिल फोटो/भिडियो रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएका थिए।

कुनै समय विनय र सपना वेवारिस शव व्यवस्थापनमा सँगै काम गर्थे। विभिन्न अन्तर्रवार्ताहरुमा विनयले सपनालाई आफुले छोरी सरह व्यवहार गर्ने गरेको बताउने गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ