भागरथी प्रकरण : भारत भाग्न लागेको अवस्थामा एक पक्राउ, सार्वजनिक पद धारण गरेका व्यक्ति

भागरथी प्रकरण : भारत भाग्न लागेको अवस्थामा एक पक्राउ, सार्वजनिक पद धारण गरेका व्यक्ति

bhagarathi

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

भागरथी बेपत्ता भएको दिन उनी बैतडीको खोचलेक बजारमा थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

भागरथी मृत फेला परेको दिनदेखि भने उनले बैतडी छाडेका देखिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो ।

भागरथीको मोबाइलको ब्याट्री फेला परे देखिनै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । पछिल्लो समय उनी वनबासा नाका हुँदै भारत जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई बैतडी प्युराइएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले आधिकारिक रुपमा भने भागरथी हत्या प्रकरणमा कोही व्यक्ति पक्राउ पारेको विषय सार्वजनिक गर्न मानेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ