लेकसाइडबाट राति फर्कने क्रममा बाइक दुर्घटनाः स्याङ्जा मट्टिखानका विवेकको मृत्यु, दिवश घाइते

लेकसाइडबाट राति फर्कने क्रममा बाइक दुर्घटनाः स्याङ्जा मट्टिखानका विवेकको मृत्यु, दिवश घाइते

scotur-acc-bu

फाइल फोटो

पोखरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखराको बुलौदी र हेम्जा याम्दीमा भएका दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । एक जना गम्भिर घाईते भएका छन् ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार लेकसाइडबाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको हो ।

राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीयय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका ९ लामागे घर भई पोखरा ९ नागढुङ्गा बस्ने ४० वर्षका श्रीकृष्ण भण्डारीको मृत्यु भएको प्रवक्ता हमालले बताए ।

भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ