तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा मोटरसाइकल दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका ६, भोर्लेटारकी १७ वर्षीया अन्वेशा पौडेल हुन् ।
शनिबार बिहान ८ बजे मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ना १९ प ९२४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०१ एन २९८६ को ग्यास बुलेटले ठक्कर दिएकोमा मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ग ३ च २०८४ नं. को कारमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने अन्वेशाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक चितवन भरतपुरका ५१ वर्षीय युवराज घिमिरे सामान्य घाइते भएका छन् ।
– अद्यावधिक गरिएको
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते