केपी ओली पक्षद्वारा चुनावी फण्डा सुरु, वृद्धाभत्ता मासिक पाँच हजार !

केपी ओली पक्षद्वारा चुनावी फण्डा सुरु, वृद्धाभत्ता मासिक पाँच हजार !

brida bhatta

प्रधानमन्त्री केपी शर्मा वलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरेपछि यसको बिरुद्ध परेको मुद्धाको छिनोफानो सर्वोच्च अदालतबाट भइसकेको छैन । आगामी वैशाखमा चुनाव घोषणा गरेका ओलीकै दल नेकपाको विवाद पनि निर्वाचन आयोगले सल्टाइसकेको छैन । अहिलेसम्म नेकपा ठूलो र एउटै दल रहेको छ । यसकारण ठूलो दल नेकपा बाहिरै बसेर वैशाखमै यो मुलुकमा चुनाव हुने कल्पना नगरेपनि हुन्छ ।

तर, चुनावी फण्डा भने सुरु भइसकेको छ । राष्ट्रिय ढिकुटीबाट बाँडिने रकम जति बाँडेपनि भयो, खल्तीको जाँदैन भन्ने जनउक्ति छ । ठ्याक्कै त्यस्तै भनाई मिल्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् ।

गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो ।

उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए । ओखलढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताऐ । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरू विकासका बाधक बनेको आरोप लगाए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्राइभेट कम्पनीको सङ्ज्ञा दिए । उनले प्रचण्ड–नेपाल समूहले फोहोरी खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानु परेको बताए । प्रधानमन्त्रीको कदम असंवैधानिक बताउने समूह नै विधिविधानभन्दा फरक बाटोमा गएको उनले आरोप लगाए ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा जानकारी गराएका थिए । उनले चिशङ्खुगढी गाउँपालिकामा प्रदेश सरकारबाट आएको बजेटबारे जानकारी गराउँदै स्थानीय सरकारले अपेक्षित काम गर्न नसकेको बताए ।

ओलीको पक्षमा जनमत बटुल्न जनसभा आयोजना गरिएको चिशङ्खुगढीका नेकपा नेता अशोक थापाले बताए । उनँका अनुसार कार्यक्रममा हजारौँ सर्वसाधारण र नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ