बिहीबार पोखराका ५५ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा पोजेटिभ

बिहीबार पोखराका ५५ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा पोजेटिभ

corona-Update

पोखरा – बिहीबार पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका चार जिल्ला कास्कीमा ५५, तनहुँमा ११, स्याङ्गजामा १९ र पर्वतमा २३ जना गरी जम्मा १०८ जनाको पीसीआर परीक्षण गरिएकोमा कास्कीका १९ जना, स्याङ्गजाका १ जना र पर्वत जिल्लाका १ जना गरी २१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ७ सय ७७ पुगेको छ । जसमा ३१४ संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट थप ३२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना मुक्त हुनेको संख्या १५ हजार २ सय ६० पुगेको छ, भने कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds