केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देश र जनताको पक्षमा फैसला भएन भने आँधी आउँछ : प्रचण्ड

केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देश र जनताको पक्षमा फैसला भएन भने आँधी आउँछ : प्रचण्ड

prachanda 1

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो ? भनेर प्रश्न गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै उनले भने, “केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?” प्रचण्डले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको एसएमएस आएको पनि बताए । आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने उनले बताएका हुन् ।

‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’ उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए । उनले भने, ‘जनताप्रति हाम्रो ठूलो आस्था छ ।’

देश र जनताको पक्षमा फैसला भएन भने आँधी आउँछ

प्रचण्डले भने “मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ । हिजो सानो समूहले विद्रोह गर्दा के भयो ? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ । यत्रो जनताको आवाजलाई नसुन्ने ? सानो समूहको कुरा सुन्ने हुनसक्छ ?”

‘हिजो हामीले सानो विद्रोह गर्दा त्यस्तो अवस्था भयो भने अब झन कस्तो होला ?,’ उनले भने, ‘केपी ओली जस्तो निंकुश र एउटाको सनकका भरमा अदालतले फैसला गर्छ भन्ने हामीले पत्याउँछौं ?’

‘हामीले अरु केही चाहेको हैन, हाम्रा सम्मानित् संवैधानिक निकायहरुलाई स्वतन्त्र र निष्पक्ष ढंगले कसैको डर त्रास नमानी र जनभावनाअनुरुप निर्णय गरुन् भन्ने हो,’ प्रचण्डले भने, ‘त्यसैगरी ओलीजीलाई के भनौं भने फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।’ केपी ओलीले चुनावी नौटंकी गरिरहेको बताउँदै त्यसको भ्रममा कोहि पर्न नहुने उनको जिकिर थियो।

खुट्टा नकमाउन निर्वाचन आयोगलाई सचेत

उनले निर्वाचन आयोगलाई ‘काइते’ कुराको पछि नलाग्न समेत आग्रह गरे । उनले आफूहरु शान्तिपूर्ण राजनीतिमा रहेको बताउँदै कानूनी मान्यतमा दृढ रहेको बताए । उनले अदालतले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा फैसला गर्नेमा विश्वास व्यक्त गरे ।

‘प्रधानमन्त्री ओली हिजो निर्वाचन आयोग गएर काइते कुरा गरेर धम्क्याउनु भएछ,’ उनले भने,‘लक्षण निर्वाचन आयोगले पनि गतिलो देखाएको चाहि छैन हैं । ओलीले धम्क्याएको सुन्ने हो भने तपाइको खुट्टी पनि देख्छ नेपालली जनताले ।’

उनले आयोगलाई खेलाची नगर्न समेत चेतावनी दिए । संवैधानिक निकायमा भएका मान्छेले खेलाची ठाने देशले दुख पाउने उनको भनाइ छ । ‘काइते कुराको पछि लागेपछि देशले दुख पाउँछ । जनता र देशलाई दुख दिने गल्ती कसैले गर्नु हुँदैन,’ उनले भने, ‘केपी ओलीले गएर धम्क्याउँदा मात्र त्यसलाई ठूलो मान्ने गल्ती निर्वाचन आयोगले गर्नु हुँदैन । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’

प्रचण्डले खुट्टा नकमाउन निर्वाचन आयोगलाई सचेत गराए । ओलीले आयोगमा गएर धम्क्याएको भन्दै उनले खुट्टा नकमाउन आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेको बताए । ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क भएको भन्दै उनले भने, संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँछ, खेलाँची नठाने हुन्छ ।’

उनले प्रधानमन्त्रीले भनेअनुसार गर्न सजिलो नठान्न पनि निर्वाचन आयोगलाई सचेत गराए । ‘कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने कोशिस कसैले नगरे हुन्छ’ प्रचण्डले भने ।

फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्

उनले ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं जनता सडकमा आउने दाबी गरे । अध्यक्ष प्रचण्डले संवैधानिक निकायले विवेक प्रयोग गर्नेमा विश्वस्त रहेको बताउँदै भने, ‘केपीजीलाई हाम्रो अनुरोध छ, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’

ओली पक्षका मान्छेहरु लाम लागेर फर्किन लागे

उनले ओली पक्षका मान्छेहरु लाम लागेर फर्किन लागेको समेत बताए । उनले भने, ‘दुई जना मन्त्रीसमेत फर्किने विषयमा मसँग कुरा भइरहेको छ ।’

ओलीले राम मन्दिर बनाउने लागेको भन्ने विषयमा पनि उनले चुनौती दिए । उनले भने, ‘म चुनौती दिन चाहान्छु, मन्दिर बनाउने हो अयोध्या भएको प्रमाणित गर्नुस्, अनुसन्धान गर्नुस् त्यसमा सबैभन्दा बढी खुशी मै हुन्छु ।’

ओलीको नाटक तीन वर्षमा चिनेँ

उनले ओलीको नाटक सबैभन्दा बढी यो तीन वर्षमा आफूले चिनेको बताए । उनले ५० औं वर्ष सँगै काम गरेकाहरुलाई अन्याय गरेर ओलीले ठूलो गल्ती गरेको बताए । सम्बोधन गर्दै उनले भने, ‘माधव र झलनाथलाई यस्तो अपमान किन ?’

उनले ओलीले बिहान माधव नेपाललाई बोलाएर प्रधानमन्त्री बनाउने, बेलुका वामदेवलाई बनाउने भन्ने कुराले उनको नाटकको पर्दाफास भएको बताए । उनले पार्टी एकता गर्दा अब सबै वर्ग क्षेत्र समुदायलाई आत्मसम्मान दिनेछौं भनेर प्रतिवद्धता गरिएको भए पनि ओलीकै कारण यो अवस्था आएको उनले आरोप लगाए ।

युवाहरुलाई देशभित्र काम गर्ने वातावरण बनाउने प्रतिज्ञा गरेको समेत बताए पनि यो अवस्थाको मुख्य कारण ओली नै भएको आरोप लगाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ