केपी ओलीलाई धिक्कार छ, सूर्य हाम्रो हो, ओलीको चुनाव चिन्ह बयलगाडा : माधव नेपाल

केपी ओलीलाई धिक्कार छ, सूर्य हाम्रो हो, ओलीको चुनाव चिन्ह बयलगाडा : माधव नेपाल

Madhav Nepal stage

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको बताएका छन्। प्रतिनिधि सभा विघटन गर्ने कदम संविधान मिच्नु भएको नेपालको भनाइ छ।

उनले देशका विभिन्न ठाउँमा भइरहेका बलात्कार घटनामा प्रधानमन्त्री ओली नेतृत्वको सरकारले कारवाही गर्न नसकेको पनि बताएका छन्।

‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्‍यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ,’ आज काठमाडौंमा आयोजित विरोध सभामा अध्यक्ष नेपालले भने, ‘आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ।’

ओलीको पाप कसैले पनि धोईपखाली गर्न नसक्ने उनको भनाइ छ। मदन भण्डारीलाई विर्सेर ओलीले पशुपतिनाथ जपिराखेको आरोप उनको थियो। ओलीसँग केही हजार मानिस मात्रै रहेको दाबी उनको थियो। ओली तर्क नभई धम्कीतर्फ लागिरहेको उनले बताएका छन्। जनमतमा विश्वास गर्ने भए ओलीले बहुमतको शासन मान्न तयार हुनुपर्ने उनले बताए।

ओली प्रतिगमनको प्रतीक भएको र पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको आरोप नेपालको थियो। आफूहरू सुशासनका दिशातर्फ अगाडि बढ्न चाहेको उनको दाबी थियो। युवालाई रोजगारी दिन चाहेको पनि उनले बताए। उनले ओली सच्चिनेवाला नभएको पनि बताएका छन्।

सूर्य हाम्रो हो, ओलीको चुनाव चिन्ह बयलगाडा

नेपालले प्रधानमन्त्री केपी शर्मासँग बयलगाडाको ‘चिन्ह’ मात्र भएको बताएका छन् । उनले चुनाव चिन्ह सूर्य आफूहरूको भएको भन्दै केपी ओली कुनै एउटा सामान्य गुटको अध्यक्ष र नेता भएको बताए ।

‘चुनाव चिन्ह सूर्य हामीसँग छ। केपी ओलीको त बयलगाडाको चिन्ह हो,’ उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई बिर्सिएर पशुपतिनाथको मन्त्र जप्न थालेको बताएका छन् ।

राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले पशुपतिनाथले पनि ओलीको कल्याण नगर्ने बताएका हुन्। ‘केपी ओलीलाई चेतना भया संविधान मिचाहालाई लोकतन्त्रको हत्यारालाई जनअधिकार कुल्चनेलाई पशुपतिनाथले पनि धिक्कार भन्नेछैन,’ उनले भने, ‘केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा आज यो विशाल विरोध सभा भएको छ। केपी ओलीजी तपाईँले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ। अब त्यो नाम पनि विर्सिसक्नुभएको छ।’ ओलीलाई जनमत विश्वास नभएको नेता नेपालको भनाइ छ ।

ओली फाउसडेसन वा समूहको अध्यक्ष बन्नुस्

नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओली फाउन्डेसनको अध्यक्ष बन्न सुझाव दिए। उनले भने, “ओली फाउसडेसन वा समूहको अध्यक्ष बन्नुस् । मेरो सुझाव ग्रहण गर्दा राम्रो होला ।”

आफूहरुले नै गणतन्त्र ल्याएको भन्दै ओलीलाई गणतन्त्र, संघीयताको माया नभएको नेपालले बताए । ओली प्रतिगमनका प्रतीक भएको र ज्ञानेन्द्रपथमा अगाडि बढीरहेको आरोप उनले लगाए ।

तीन सयको बहुमत हुन्छ कि सय जनाको ?

नेपालले नेकपाको आधिकारिकता आफूहरूले नै पाउने बताए ।  निर्वाचन आयोगले अन्यथा निर्णय गर्न नपाउने बताए ।

‘तीन सयको बहुमत हुन्छ कि सय जनाको ?’ केन्द्रीय समितिको संख्या उल्लेख गर्दै उनले भने, ‘आयोगले अन्यथा निर्णय गर्न पाउदैन । केपी ओलीले आयोगलाई धम्काएका छन् । ओली कहाँको पहिलो अध्यक्ष हुन् । बालकोटको होलान् ? आयोगले प्रष्ट हुन जरुरी छ । दस्तावेज हेरे हुन्छ । विधान हेरे हुन्छ । त्यसमा पनि शंका छ भने ४४१ जनालाई बोलाएर एक-एक टाउका गने पनि हुन्छ ।’

आयोगले कानुन बमोजिम् अगाडि बढाएको प्रक्रियामा ओलीले हस्तक्षेप गरेको आरोप समेत उनले लगाए । ओलीले आयोगका काममा कुनै हस्तक्षेप गर्न नपाउने उनको भनाइ छ ।

‘आयोगले कानुन बमोजिमअगाडि बढाइसकेको काममा ओलीले हस्तक्षेप गरिरहेका छन् । खबरदार आयोगको काममा प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउँदैनन्,’ उनले भने, ‘निर्वाचन आयोगलाई थर्कमान पार्न खोजिरहेका छन् । खबरदार तपाइँ महानुभावहरूले, जिम्मेवार व्यक्तिहरूले आत्तिनुपर्ने अवस्था छैन । लोकतन्त्रलाई, संविधानलाई कसैले समाप्त गर्न सक्दैन, हामी जिउँदै छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ