काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्री केपी ओलीले कुर्सीसंग साटेको बताएका छन् ।
नेकपा प्रचण्ड माधव समूहले विहिबार काठमाण्डौमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दे उनले कुर्सी र पदसंग प्रधानमन्त्री ओलीले संविधान र संघीयता साट्ने काम गरेको बताएका हुन् ।उनले संविधान र संघीयता कुर्सी र पदसंग साटिन नसक्ने भन्दै खबरदारी गरे ।
शान्तिपूर्ण आवाज नसुनिए भने जनता विद्रोहमा उत्रन्छन्
शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताएका छन् । शर्माले भने, ‘यदि जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रने छ म भन्न सक्दिैन ।’
संघीयता लागू गर्न नदिने र संविधानलाई च्यातत्युत पार्न खोजिएको भन्दै शर्माले जनताको विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने बताए ।
ओलीमा असीमित अधिकार भएका कारण आजको अवस्था आएको भन्दै उनले भने, ‘केपी ओली तयार हुनुको ग्राउण्ड कुन हो ? त्यसको समीक्षा हुनुपर्छ ।’ समीक्षा नगर्ने हो भने फेरि महेन्द्र र केपी ओलीहरु जन्मिन सक्ने शर्माले बताएका छन् ।
सम्बन्धित खबर
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग