मंगलबार पोखराका २५ सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि, ३८ जना कोरोनामुक्त

मंगलबार पोखराका २५ सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि, ३८ जना कोरोनामुक्त

corona covid gandaki

पोखरा – मंगलबार पोखराका २५ सहित गण्डकीमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जारी विज्ञप्ति अनुसार आज गण्डकीका पाँच जिल्लाका १२२ जनाको संकलित स्वाब परीक्षण गरिएकोमा थप ३४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संकलिर स्वाब मध्ये कास्कीका ९६ जनाको परीक्षणमा २५ जनाको पोजेटिभ, स्याङ्गजाका ९ जनाको स्वाब परीक्षणमा २ जनाको पोजेटिभ, पर्वतका ६ जनाको स्वाब परीक्षण गर्दा ३ जनाको पोजेटिभ, बाग्लुङका ८ जनाको स्वाब परीक्षण गर्दा ३ जनाको पोजेटिभ र म्याग्दीका ३ जनाको स्वाब परीक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ७ सय ३० पुगेको छ । जसमा ३३५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ३८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार १ सय ९२ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा २०३ जनाले ज्यान गुमाईसकेका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds