पोखरा – सोमबार पोखराका २३ सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका चार जिल्लाका १०३ जनामा गरिएको परीक्षणमा थप २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज कास्कीका ८५, तनहुँका ११, लमजुङका ३ र बाग्लुङ जिल्लाका ४ जनाको नमुना स्वाब परीक्षण गरिएकोमा कास्कीको पोखरा महानगरका २३ र तनहुँ जिल्लाका दुई जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ६ सय ९६ पुगेको छ । जसमा ३३९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ३१ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीबाट कोरोनामुक्त हुनेको संख्या १५ हजार १ सय ५४ पुगेको छ भने, कोरोना संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०३ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ