पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप सुरु

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप सुरु

vaccine

कोरोना भाइरसविरुद्धको खोप पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई सोमबारदेखि दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँच दिनसम्म अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट खोप दिने जनाएको छ ।

भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको १० लाख डोज कोभिशिल्ड खोपमध्ये पहिलो चरणमा एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds