टिकटक भिडियो बनाउने क्रममा फेरि अर्की बालिकाको मृत्यु

टिकटक भिडियो बनाउने क्रममा फेरि अर्की बालिकाको मृत्यु

karunaaa

टिकटकमा भिडियो बनाउने क्रममा एकपछि अर्को दुर्घटना भएको छ । गत पुस पहिलो साता टिकटक बनाउन झलुङ्गे पुलमा झुण्डिएका दाङको तुलसीपुरका एक युवकको पुलबाट लडेर गम्भीर घाइते हुन पुगेकोमा पछि मृत्यु भएको थियो । १५ दिन अघि पोखरामै छतबाट लडेर बालिकाको ज्यान गएको थियो ।

युवायुवती लोकप्रियता कमाउन चक्करमा धेरै दुर्घटना हुने गरेका छन् । बालबालिका भने देखासिकी गरेर ज्यान जोखिममा पार्ने गरेका छन् । नयाँ प्रयोग गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ कि करुणा चन्दले ज्यान गुमाएकी हुन् ।

प्रहरीका अनुसार शनिबार दिउँसोको समयमा कुर्सीमा चढेर पंखामा डोरी बाँधेपछि करुणाले घाँटीमा बाँधेर भिडियो खिच्न थालिन् । करुणासँग उनका कान्छो भाई पनि थिए । टिकटक बनाउने बेला करुणाले पंखामा झुण्डाएको डोरी आफ्नो घाँटीमा पनि बाँधिन् । सोही समयमा खुट्टामुनी रहेको स्टुल खस्न पुग्यो र करुणा पंखामा झुण्डिन पुगेको बताइएको छ ।

भाइ सानो भएकाले दिदीलाई बचाउन सकेनन् । उनले खेतमा रहेकी आमालाई घटनाबारे जानकारी गराए । घटनाबारे सुनेर उनकी आमा घर पुगेको तर त्यतिबेलासम्म करुणाले प्राण त्यागीसकेको प्रहरीले बताउँछ ।

केही वर्षअघि करुणाका दाईको पनि नहरमा डुबेर मृत्यु भएकोले परिवार अहिले शोकमा डुबेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डिएसपी अमरबहादुर थापाले टिकटक बनाउने क्रममा करुणको ज्यान गएको पुष्टि गरेका छन् ।

असावधानी र अभिभावकको निगरानी नहुँदा बालबालिका मोबाइलको कुलतमा फस्दै गएका छन् । एक्लै अश्लिल भिडियो हेर्नेदेखि यस्तो ज्यानै जाने घटनासम्म पुग्न सक्ने हुनाले आफ्ना बालबालिका के गर्दैछन्, यसबारे अभिभावकले ध्यान दिनुपर्ने जरुरी देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ