अब लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

अब लाइसेन्सका लागि लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने

trials

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा पास हुनेले १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार सूचना प्रकाशित गर्दै लिखित परीक्षा पास भएको १८ महिनासम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने जानकारी दिएको हो।

यसअघि ९० दिनभित्र तीनपटक मात्र रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था थियो।

‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा ९ट्रायल० पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’, निर्देशक भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ