भोलिदेखि दोस्रो चरणको खोप अभियान- प्राथमिकतामा को–को ?

भोलिदेखि दोस्रो चरणको खोप अभियान- प्राथमिकतामा को–को ?

corona vaccine

सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ । पहिलो चरणको खोप लगाइसकेपछि जोखिमका आधारमा सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

माघ १४ देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् ।

दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

उनकाअनुसार काठमाण्डौको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ