तनहुँकाे व्यास – १२ घाँसीकुवामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अामा र नाबालक छाेरा घाइते भएका छन् ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ गल्छी-८ निवासी २२ वर्षीय गोविन्द मगर रहेका छन् । घाइते हुनेमा धादिङ साेही ठाउँकी२० वर्षीया सुनिता तामाङ र उनका छोरा ३ वर्षका आशिष छन् ।
धादिङबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल सडकमा ग १ ह ०१ नम्बरको अटोसँग ठोक्किएपछि बा ४ ख ८९९६ नम्बरको बसमा ठक्कर खान पुगेकाे थियाे ।
दुर्घटनापछि घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
घाइतेद्वयलाई थप उपचारका लागि पाेखरा ल्याइएकाे छ । उनीहरूकाे पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते