काठमाडौंं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो आफ्नो टाउकाको मोल तोक्नेलाई टाउको काट्न नपाएर अहिले पश्चाताप भएको बताएका छन् ।
बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले टाउकाको मूल्य तोक्नेहरू टाउको काट्न नपाएकोमा पश्चाताप गरेर बसेको बताए । उनले भने, ‘झोलामा टाउको हालेर ल्याएपछि ५० लाख दिन्छौं भन्नेहरूले अहिले पनि पैसा दिन्छौं भन्दै हिड्या छन् ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेना खरिद गर्न खोजेको आरोप लगाए । जनक्रान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन जनमुक्ति सेनालाई खरिद गर्न खोजिएको उनको आरोप छ ।
‘कुन स्तरको कमाण्डर हो त्यहि अनुसारले खरिद गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘सय जना लिएर गए १०–२० लाख, २ सय जना लिए गए ३०–४० लाख, ४ हजार नै उठाएर लिएर जाँदा १–२ करोड दिन खोजिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई भेडाबाख्रा जसरी खरिद बिक्री गरेर सिध्याउन लागेको अध्यक्ष दाहालको आरोप छ । ‘भेडाबाख्रा जसरी खरिद गरेर सिध्याउने मनसाय हो,’ उनले भने, ‘खरिद गरेर मोटो बनाउने अनि काटेर मासु खाने गरी लैजान लागेका हुन् ।’
सम्बन्धित खबर
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग