स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ
मोटोपन घटाउँछ
काँचो आहार खानाको पुरक हुन्छ । यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण चाडैँ भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । जसका कारणले शरीरमा मोटोपना घट्दै जान्छ ।
दाँत
काँचो आहार शरीरकासाथै दाँतकालागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाउँदा शरीरलाई पोषक तत्व मिल्नुका साथै दाँतको पनि व्यायाम हुन्छ ।
फल
अधिकांश फल काँचो खान सकिन्छ । काँचो फल खाँदा यसमा पाइने भिटामिनको मात्रा पुर्ण रुपले शरीरले पाउँछ । यसमा क्यालोरी कम हुनुका साथै पर्याप्त फाइबर मिल्दछ । साथै पाचन यन्त्र स्वस्थ्य बनाउँछ ।
सागसब्जी
कति सागसब्जी पनि काँचो खान सकिन्छ । काँचो सागसब्जी मिनरल्सको राम्रो स्रोत हो । साथै पत्तेदार सब्जीमा प्रोटिनको मात्रा अधिक हुन्छ । यो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुन्छ ।
पोषक तत्व
कतिपय खानेकुरा पकाउँदा बढि पकाउने, नछोपी पकाउनाले यसमा भएको पोषण तत्व नष्ट हुन्छ । साथै स्वादिष्ट बनाउने चक्करमा यसमा हालेको मसला खानेकुराको पोषक तत्व नष्ट गर्दछ । त्यसैले काँचो खान मिल्ने आहार खाँदा शरीरलाई फाइदा पुग्दछ ।
स्वस्थ्य पाचन यन्त्र
कतिपय मानिसहरु धेरै पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुरा खान खोज्दछन् । तर यस्ता खानाले पाचन यन्त्रलाई खराब गर्छ । यदि काँचो खान मिल्ने भोजन काँचै खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सही राख्दछ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु