काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल पक्षले आईतबार माईतीघर मण्डलमा धर्ना दिएको छ ।
धर्नामा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ । नेताहरु सडकमा पलेटी कसेर बसे । धर्नामा सहभागी नेता तथा कार्यकर्ताले प्रतिनिधिसभा विघटनको विरोधमा नारा लगाएका छन् ।
झलनाथको टिप्पणी : ‘ओली सरकार पाकेको फलझैं झर्छ, दिनगन्ती सुरु’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब केपी ओलीको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् ।
आज (आइतबार) माइतीघरमा आफ्नो समूहले गरेको धर्ना कार्यक्रममा सहभागी हुँदै नेता खनालले मिडियासँगको कुराकानीमा ओलीको दिनगन्ती सुरु भएको बताएका हुन् । खनालले ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम सच्याएर छोड्ने पनि दाबी गरे ।
उनले प्रतिनिधिसभा पूनःस्थापना हुने पनि विश्वास दिलाए । उनले भने,‘केपी ओली नेतृत्वको यो सरकार पाकेको फलझैँ झर्छ ।’
सम्बन्धित खबर
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग