संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो, प्रधानमन्त्री पक्षबाट सोमबारदेखि

संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो, प्रधानमन्त्री पक्षबाट सोमबारदेखि

संसद विघटनविरुद्ध परेको मुद्दामा रिट निवेदनकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक पक्षका १३ जनासहित अन्य वकिलको बहस सकिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दायर भएको रिटमाथि विपक्षीका तर्फका वकिलहरुले बहस गरेका थिए ।

प्रधानमन्त्री ओली विपक्षका वकिलहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै फिर्ता लिनुपर्ने माग राखेका छन् ।

संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । भोलिदेखि सरकारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्नेछन् ।

आइतवार लोकेन्द्र ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, दिनेश लामिछाने, केशरजंग केसीलगायतले बहस गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ