प्रधानमन्त्री कप: एपिएफलाई हराउँदै आर्मी च्याम्पियन

प्रधानमन्त्री कप: एपिएफलाई हराउँदै आर्मी च्याम्पियन

pm cup army

त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ ।शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले पहिलो उपाधि जितेको हो । विजेता आर्मीले १० लाख र उपविजेताले एपिएफले ५ लाख रुपैयाँ पाएका छन् । अन्तिम चार रन जोड्न ४ विकेट गुमाएपछि एपिएफ पराजित हुन पुगेको हो ।

जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । एपिएफका ओपनर आशिफ शेखले ७१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । आशिफको जारी प्रतियोगितामा तेस्रो अर्धशतक हो ।

आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित भएको थियो ।

एपीएफ क्लबका कमलसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी

प्रतियोगितामा औसत प्रदर्शन गरेका एपीएफ क्लबका कमलसिंह ऐरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उनले ५० हजार पुरस्कार प्राप्त गरे । उनको नाम धेरैका लागि नयाँ रह्यो ।

प्रतियोगितामा हेर्दा एपीएफ तीव्र गतिका बलर अभिनाष बोहरा १४ विकेटसहित शीर्ष स्थानमा छन् भने ब्याटिङतर्फ सर्वाधिक रन बनाएका पृथु बास्कोटा ब्याटिङतर्फ शीर्ष स्थानमा छन् । उनको टोली सेमिफाइनलसम्म पनि पुगेको थियो ।

आर्मीका  जितेन्द्र मुखिया फाइनल म्यान अफ दि म्याच घोषित भए । उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीका रुपमा प्रदेश नम्बर २ का विवेक यादव पुरस्कृत भए ।

उत्कृष्ट बलर साहब आलम भए भने उत्कृष्ट ब्याट्सम्यानबाट बागमती प्रदेशका पृथु बास्कोटाले पुरस्कार पाए । उदीयमान खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान २५–२५ हजार प्राप्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds