पोखरा – गण्डकी प्रदेशमा कोरोना विरुद्दको खोप लगाउने अभियान अन्तर्गत शनिबारसम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या १० हजार २ सय ५५ पुगेको छ ।
गण्डकीमा खोप लगाउने कूल लक्ष १७ हजार ३ सय ९६ जना मध्ये शनिबारसम्म ५८.९५ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
शर्माका अनुसार हालसम्म गण्डकीमा खोप लगाएका कसैमा पनि जटिल प्रकारको प्रतिक्रिया देखिएको छैन । शनिबारसम्म कास्कीमा ४१०४, गोरखामा ७०७, तनहुँ ७०८, नवलपुरमा ७३०, पर्वतमा ६४५, बाग्लुङमा ८१८, मनाङमा १२६ र मुस्ताङमा १३९, म्याग्दीमा ४१३, लमजुङमा १००४ र स्याङ्गजा जिल्लामा ८६१ जनाले कोरोना विरुद्धको खोप लगाएको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम