शनिबार गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि, ५४ जना कोरोनामुक्त

शनिबार गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि, ५४ जना कोरोनामुक्त

IMG_6564

पोखरा – शनिबार गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा २२८ जनामा गरिएको परीक्षण मध्ये गण्डकीका दुई जिल्ला कास्कीको पोखरा महानगरका १० सहित म्याग्दी जिल्लाको बेनी नगरपालिकाका १ जना गरी ११ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

शनिबार पुष्टि भएका ११ सहित गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ५ सय १७ पुगेको छ । जसमा ३३६ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५४ जना कोरोनामुक्त भएका छन् ।  यो संगै, प्रदेशमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार ९ सय ४८ पुगेको छ भने, कोरोना संक्रमणकै कारण गण्डकीमा हालसम्म २०३ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds