आज माघ १६ गते शहिद दिवस । यस अवसरमा शहिदका सम्मानमा देशभर विभिन्न कार्यक्रम आयोजना भए । पोखरामा पनि दीप प्रज्वलन गरिएको छ । वी क्यान डु हेल्पीङ ह्याण्ड्सद्वारा सहिदहरुको सम्झनामा पोखराको मानव अधिकार चोकमा दीप प्रज्वलन गरेका गरिएको छ ।
प्रजातन्त्र स्थापनाका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद संस्थाले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो । त्यसैको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १६ मा शहिद दिवस मनाइन्छ ।
सुवास पौडेलको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा एक मिनेट मौन धारण गरेर शहिदहरुलाई सम्झना गरिएको हो । अध्यक्ष पौडेले शहिदहरुले जुन उद्देश्यका साथ आफ्नो रगतको बलिदान दिएका थिए, सात दशक पूरा हुँदा समेत पूरा हुन नसकेकोमा दुख व्यक्त गर्दै सबै मिलेर शहिदको सपना पूरा गर्नुपर्ने बताएका छन् ।
निःस्वार्थ भावनाले मानविय सेवामा समर्पित रहने गरी स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सचिव जीवन आचार्यले गरेका थिए ।

सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु