बिहीबार पोखराका ३२ सहित गण्डकीमा थप ४१ जनामा कोरोना पुष्टि, ४७ जना कोरोनामुक्त

बिहीबार पोखराका ३२ सहित गण्डकीमा थप ४१ जनामा कोरोना पुष्टि, ४७ जना कोरोनामुक्त

corona-Update

पोखरा – बिहीबार पोखराका ३२ सहित गण्डकीमा थप ४१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका २७४ जनामा गरिएको परीक्षणमा थप ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरपालिकाका ३२ जना, तनहुँका ३ जना, गोरखाका १ जना, स्याङ्गजाका १ जना, पर्वतका १ जना र बाग्लुङका ३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशानालायले जनाएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ४ सय ७८ पुगेको छ। जसमा सक्रिय संक्रमित ४३४ जना छन् ।

पछिल्लो ४८ घण्टामा गण्डकीबाट ४७ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १४ हजार ८ सय ४१ पुगेको छ भने, कोरोना संक्रमणकै कारण गण्डकीमा हालसम्म २०३ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds