बालिकालाई बिक्री गर्न भारततर्फ लैजाँदै गरेको अवस्थामा एकजना पक्राउ

बालिकालाई बिक्री गर्न भारततर्फ लैजाँदै गरेको अवस्थामा एकजना पक्राउ

police-arrested

धनुषा – बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको जकपुर उपमहानगरपालिका -१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ११ वर्षीया बालिकालाई महतोले बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका-२ स्थित सडकबाट फेला पारी महतोलाई पक्राउ गरेको हो ।

महतो उपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ