पोखरामा घर भत्काउने क्रममा च्यापिएर मजदुरको मृत्यु

पोखरामा घर भत्काउने क्रममा च्यापिएर मजदुरको मृत्यु

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पोखरा – पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१५ स्थित पटनेरीमा स्थानीय तारा थापा मगरको १ तले ब्लकले बनेको घर भत्काउने क्रममा अचानक ब्लकको ढिस्को खसेर च्यापिंदा सोही स्थान बसी ज्यामीको काम  गर्ने ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार ब्लकले च्यापिएर गम्भीर घाईते भएका आचार्यलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds