मंगलबार पोखराका ३१ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ४१ जना कोरोनामुक्त

मंगलबार पोखराका ३१ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ४१ जना कोरोनामुक्त

Gandaki covid corona 4

पोखरा – मंगलबार पोखराका ३१ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका १४७ जनामा गरिएको परीक्षणमा थप ३६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ३१ जना, तनहुँका १, स्याङ्गजाका १ र बाग्लुङ जिल्लाका ३ जनाकोर रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ४ सय ३७ पुगेको छ । जसमा, ४४० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ४१ जना कोरोनामुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ७ सय ९४ पुगेको छ भने, हालसम्म गण्डकीमा २०३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds