आजको मौसमको अवस्था कस्तो रहला ?

आजको मौसमको अवस्था कस्तो रहला ?

mausam

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले बिहान देशका पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। बाँकी भू–भगमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहनेछ ।

दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ