पत्रकार तथा तमु धिं नेपालका अध्यक्ष हुम तमुलाई मातृशोक

पत्रकार तथा तमु धिं नेपालका अध्यक्ष हुम तमुलाई मातृशोक

harimaya gurung

पत्रकार एवं तमु धिँ नेपालका केन्द्रिय अध्यक्ष हुम तमु र राखेपका पूर्व सदस्य, अन्तराष्ट्रिय कराँते खेलाडी एवं प्रशिक्षक फत्त बहादुर तमुलाई मातृ शोक परेको छ ।

केही बर्ष देखि प्यारालाइसिसबाट ग्रसित गुरुङका ८८ बर्षीया माता हिरामाया तमुको आज (सोमबार) बिहान आफ्नै निवास पोखरा १४ मा निधन भएको पत्रकार तमुले जनाएका छन् ।

गुरुङका ६ जना छोरा र दुई छोरी रहेका छन्। उनका तीन छोरा पोखरामा, एक काठमाण्डौं र दुई विदेशमा छन्। हिरामाया विगत १४ बर्ष देखि प्यारालाइसिसबाट प्रभावित हुन् । तमुको जन्म घर भने पर्वत भंगरा हाल फलेवास ९ मा पर्दछ ।

तमुको अन्तिम दाहसंस्कार गुरुङ समुदायको परम्परा अनुसार पोखराको रामघाटमा गरिएको छ । पोखरा १४ स्थित चाउथेबाट उनको शव यात्रा सुरु गरी रामघाटमा अन्तिम संस्कार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds