आजको मौसम पूर्वानुमान: पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली हुने

आजको मौसम पूर्वानुमान: पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली हुने

mausam

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

दिउँसो : देशका प्रदेश न. १,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न.१ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds