कुश्मा । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल जर्ब बल सञ्चालनमा ल्याएको छ ।
द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएको छ । ग्राहकले ४ देखि ५ मिनेटसम्म जर्ब बलभित्र बसेर मज्जा लिन सकिनेछ ।
द क्लिफले कालीगण्डकी नदिको खोँचमा बन्जी, बिश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लीङ समेत निर्माण गरेको छ । यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थप्ने योजना रहेको कार्कीले बताए ।
सम्बन्धित खबर
हिमाल आरोहण गर्न ७० देशबाट ८७० आरोहीले लिए अनुमति
आन्तरिक पर्यटकको रोजाइमा ‘चिल्ड्रेन पार्क’
घुमघामको याम : गण्डकी प्रदेशका यी क्षेत्र छन् धेरैको रोजाइमा
नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँ : पर्यटनमन्त्री पाण्डे
असोजमा मात्रै साढे ३० हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ