किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा मोन्टेपिलरमाथि शानदार जित हात पारेको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजीले दश खेलाडीमा समेटिएको मोन्टेपिलरलाई ४-० ले पराजित गरेको हो । पीएसजीका लागि नेमार र माउरो इकार्डीले एक एक गोल थपे ।
खेलको १८औं मिनेटमै जोनास ओमलिनले रातो कार्ड पाएपछि मोन्टेपिलर दश खेलाडीमा झरेको थियो । त्यसपछि पीएसजीले चार गोल गर्यो । ३४औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे ।
दोस्रो हाफमा पीएसजीले चार मिनेट अन्तरमा ३ गोल गर्यो । ६०औं मिनेटमा नेमारले गोल गर्दै अग्रता दोब्बर पारे । ६१औं मिनेटमा इकार्डीले गोल गरेपछि पीएसजीले ३-० को अग्रता बनायो । ६३औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाउ ।
जितपछि २१ खेलबाट ४५ अंक जोडेको पीएसजीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । २० खेलबाट ४२ अंक रहेको लिले दोस्रो स्थानमा छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते