प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिदैछन् । मुख्यमन्त्री राईले र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पासँग यही माघ ११ गते विवाह गर्न लागेको खुलासा भएको छ ।
मुख्यमन्त्री राई र मोडल ज्याङ्मुको उमेरमा भने आधा बढी अन्तर छ । विभिन्न देशमा नेताहरुले सेलिब्रिटीसँग बिहे हुने गरेपनि नेपालमा मोडल बिहे गर्ने नेता भेट्न मुस्किल छ । मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार विवाह काठमाडौँमा हुने छ। काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ। मिस मंगोल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौंमा बस्छिन् ।
२०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । तत्कालिन नेकपा एमालेबाट अशोक राई बाहिरिएपछि नेपाली राजनीतिमा शेरधनको भाग्योदय भएको थियो । उनी तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना