सुवास नेम्बाङ – ‘प्रधानमन्त्रीले नै प्रतिनिधिसभा विघटन गरेकाले उहाँलाई यसबारे बोल्ने अधिकार छ’

सुवास नेम्बाङ – ‘प्रधानमन्त्रीले नै प्रतिनिधिसभा विघटन गरेकाले उहाँलाई यसबारे बोल्ने अधिकार छ’

subash nembang

नेकपाका स्थायी समिति सदस्य सुवास नेम्बाङले प्रतिनिधिसभा विघटनका विषयमा प्रधानमन्त्री ओलीलाई बोल्ने अधिकार भएको जिकिर गरेका छन् ।

शनिबार नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ भेलामा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाधीन रहेकाले त्यसमा आफू नबोल्ने बताएका उनले यस विषयमा प्रधानमन्त्री ओलीलाई भने बोल्ने अधिकार भएको बताए । उनले भने-‘उहाँले नै प्रतिनिधिसभा विघटन गर्नुभएकाले उहाँलाई यसबारे बोल्ने अधिकार छ।’

आफ्नो पार्टी र प्रतिपक्षसमेत निर्वाचनको तयारीमा गइसकेकाले निर्वाचन हुनेमा शंका नगर्न उनले आग्रह गरे । संसद् विघटन सही हो कि होइन भनेर सर्वोच्च अदालतको फैसलाबाट टुंगो लाग्ने नेम्वाङको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ