भारतले आजबाट सर्वसाधरणलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ । बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
भारतले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई खोप दिने बताएको छ । भारतले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप कोभिसिल्डु उत्पादन गरिरहेको छ । सोही खोप आजबाट अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई दिन लागेको हो ।
एक वर्षको अविधमा भारतमा १ करोड ५ लाख २७ हजार बढी मानिस संक्रमित भइसकेका छन् भने १ लाख ५१ हजार ९१८ जनाको ज्यान गइसकेको छ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते