कालिकोट, २६ फागुन : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका- ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीयको कुखुरा चोरेर खाएको आरोप लागेकाे छ।
गत फागुन ६ गते राति वडा अध्यक्ष र वडा सदस्य मिलेर स्थानीय अर्जुन खत्रीको कुखुरा चोरेर खाएको आरोप लागेकाे हाे। वडा अध्यक्ष केसी नेपाली कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि हुन्।
फागुन ६ राति वडा अध्यक्ष र वडा सदस्यले कुखुरा चोरेर खाएको स्थानीयले थाहा पाएपछि अहिले उनीहरू गाउँ छाडेर भागेको सुरक्षाका कारणले नाम नबताउँने सर्तमा एकजना स्थानीयले बताए। ‘वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर भागेका छन्।’ उनले भने, ‘गाउँमा सबैले कुखुरा चोरेको थाहा पाएपछि उनीहरू भागेका हुन्।’
वडा अध्यक्ष र सदस्यले कुखुरा चोरेर खाएको गाउँमा अहिले राजीनामा माग गर्दै स्थानीयले प्रेस विज्ञप्ति निकालेर गाउँमा टाँससमेत गरेका छन्। स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरा चोरेर खाएको प्रमाणित भएको छ उनीहरूले नैतिकताका आधारमा राजीमाना दिनुपर्छ।’

घटनाबारे थाहा छैन : वडा अध्यक्ष
खुकुरा चोरी खाएको आरोप स्थानीयले लगाएका विषयमा तपाईंको धारणा के हो भनेर वडा अध्यक्ष केसीलाई सम्पर्क गर्दा केसीले आफूलाई त्यस विषयमा थाहा नभएको र आफू सदरमुकाममा रहेको वडा जान बाटोमा हिँड्दै गरेको बताए। ‘कुखुरा चोरेको आरोप कसले लगायो थाहा भएन।’
उनले भने, ‘अहिले म गाउँमा जाँदै छु। बुझेर तपाईंलाई खबर गरौँला।’ वडा अध्यक्षले कुखुरा चोरी खाएको विषयमा गाउँपालिकामा कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। ‘वडा अध्यक्षका विषयमा गाउँपालिकामा कुनै जानकारी छैन’ उनले भने।

थाहा खबरबाट साभार
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने