माधव नेपाल- ‘प्रधानमन्त्री ओलीको पार्टी सडकको धुलोमा परिणत हुन्छ’

माधव नेपाल- ‘प्रधानमन्त्री ओलीको पार्टी सडकको धुलोमा परिणत हुन्छ’

madhav kumar nepal

नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग इमानदारिता नभएको आरोप लगाएका छन् । बुधबार प्रचण्ड–नेपाल नेतृत्वको काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेपालले पार्टीमा भएका निर्णय कहिल्यै कार्यान्वयन नगरेको र प्रतिबद्धता जनाएर त्यो काम नगरेको भन्दै ओलीलाई ढटुवाको संज्ञा दिएका हुन् ।

सम्बोधन गर्दै नेपालले भने, ‘केपी ओली ढटुवा मान्छे हो । इमान्दारितासँग केपी ओलीको कुनै साइनो छैन । उहाँ जाली झेली मान्छे हो ।’ ओलीसँग नेकपाका जम्मा ११८ सदस्य रहेको र त्यसमध्ये १० जना मूल पार्टीमा फर्किएको दाबी नेपालले गरेका छन् । उनले ओली अब सडकछाप पार्टी बन्ने बताए । ‘केपी ओलीसँग नेकपाका जम्मा ११८ जना सदस्य छन् । त्यसमध्ये १० जना फर्किसकेका छन् । १०८ मात्र छन्’, नेपालले भने, ‘अब त्यो सडक छाप होइन, सडकको धुलो छाप पार्टी हुनेछ ।

प्रतिनिधिसभा विघटनपछि ओली निरिह भएर बसेको उनको भनाइ छ । अहिलेको संघर्षलाई उनले संविधान जोगाउने र संविधानको हत्या गर्नेबीचको लडाइँको संज्ञा दिएका छन् ।७लदकउस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ