पोखरा – बुधबार पोखराका १९ सहित गण्डकीमा थप २२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका पांच जिल्लाका १५६ जनामा गरिएको परीक्षणमा थप तीन जिल्लाका २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित कास्कीको पोखरा महानगरका १९ जना, तनहुँका दुई जना र पर्वत जिल्लाका एकजना रहेका छन् । आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार ४१ पुगेको छ, जसमा सक्रिय संक्रमित ६२६ जना छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार एक सय १९ पुगेको छ भने, हालसम्म गण्डकीमा १९६ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम